
बिएल संवाददाता
गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।
नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी उपचार गरिएको थियो।
पछिल्लो दुईपटकको सो परीक्षणका क्रममा नेगेटिभ देखिएपछि दुवैलाई घर पठाइएकामा हाल दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरेले जानकारी दिए।
किसिगालका ५७ वर्षीय पुरुष भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत रहेको र शिवचोकका ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा कार्यरत रहेको उनले बताए। 'दुवै सङ्क्रमितमा नेगेटिभ प्रतिवेदन प्राप्त भएको खबरपछि नगरपालिकाको जनजीवन सामान्य बनेको छ' उनले भने।
विषम परिस्थितिमा घरमै बस्न, पटक पटक साबुन पानीले हात धुन र अत्यावश्यक कामका लागि बाहिर निस्कनै परेमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न नगरपालिकाले आह्वान गरेको छ। दुवैजनाका सम्पर्कमा आएका मानिसमा गरिएको परीक्षणमा कोभिड–१९ नभेटिएको उनको भनाइ छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया