अन्नपूर्ण पोष्ट
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ ऐनापहरास्थित पृथ्वीराजमार्गमुनि खनिएको अण्डरग्राउण्ड नाला, नाला मर्स्याङ्दीमा खस्ने छाँगा नजिकै अलिकति खालि जमिन छ। नालाको पानी मर्स्याङ्दीमा खसाल्न बनाइएको अण्डरग्राउण्ड नजिकैको साँघुरोमा सरिता चेपाङको ६ जनाको परिवार एक सातादेखि बसोबास गरिरहेका छन्। उनीहरुको ओछ्यानको छेउपट्टी ह्वाङ्गै, करिब २० मिटर तल बगर पनि नछोडेर गढ्गढाइरहेको मर्स्याङ्दी।
सिरानीमा आधा बोरा चामल, एक छेउमा चुल्ढुङ्गो। ओछ्याउनका लागि केही थाङ्ना। यही थाङ्नामा सरिताको सामूहिक परिवार रात काट्ने गर्छ। उनीहरु आरुघाट गाउँपालिका ८ आरुपोखरीका हुन्। तनहुँको दमौलीमा घर बनाउने काम गरेर परिवार पाल्दैआएका थिए। सञ्चित खर्चले अढाइ महिनासम्म धान्यो। लकडाउनले काम गर्न नपाएपछि उनीहरु आरुपोखरी जान भनी गत ९ गते पैदल हिँडेका थिए।
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया