बाह्रखरी
सन्तोष पौडेल
हिन्दी सिनेमा ‘थप्पड’ हेरेको निकै दिनसम्म म विचलित भएँ । मैले यहाँ सिनेमाको बारेमा लेख्न चाहेको होइन । सिनेमामा देखाएझैं ससाना घट्ना, जसले हरदिन पछ्याइरहेको भित्री मन लेख्न खोजेको हुँ । मलाई के लाग्यो भने, भित्र कतै कुनै गहकिलो महसुस त्यतिबेला हुँदो रहेछ जतिबेला त्यसको अनुभूतिका कारण थाहा हुन जान्छ । कहिलेकाहीँ कुनै सिनेमाले भइरहेका तर नदेखिएका तिनै कारणहरू, जो जीवनसँग जोडिएका हुन्छन् त्यसका अदृश्य ज्ञान बताएर जान्छ । सायद, त्यस्तो अदृश्य ज्ञान खोतल्न खोज्नु जोकोहीका लागि एउटा अदृश्य झट्का हुनसक्छ ।
अचेल म क्वारेन्टिनको एकान्तवासमा छु । जब सहरको चोकगल्ली, सडक, मानवबस्तीतिर जीवजनावर टहल्न थालेको दृश्य पत्रपत्रिकामा देख्छु, मेरो आँखा रसाउँछ । वायुमण्डलको सबैभन्दा ठूलो ओजोन प्वाल टालिएको खबरले त्रसित मन केहीक्षण शान्त हुन्छ । कोरोनाको सन्त्रासमा रहेको मनमष्तिष्कले कसरी बिर्सन सक्छ पृथ्वीको २० प्रतिशत भन्दा बढी अक्सिजन भार ओगट्ने अमेज जङ्गल (पृथ्वीको फोक्सो) फाँडिएको समाचार । अस्ट्रेलियाको जङ्गलमा लागेको डढेलोले सखाप पारेको करोडौं थलीय जीवजन्तुको कारूणिक दृश्यले अझै मनमुटु दुखेकै छ । यतिबेला अदृश्य भाइरसले मानव अस्तित्वमाथि जुन किसिमको सङ्कट पैदा गरिदिएको छ म चिन्तित छु । मानव अस्तित्व होस् वा पर्यावरण, जीवप्राणी होस् वा इकोसिस्टम । ब्रह्माण्डका अणुपरमाणु होस् वा यिनका जीवनचक्र । एकअर्कासँगको अन्तर्सम्बन्धको सारस्वरूप र अस्तित्व । यी सबै एक जटिल तर सरसर्ती बुझ्नुपर्ने जीवनसँग जोडिएका अनेकौं भाषाहरू हुन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया