बिएल संवाददाता
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वार्यन म्युनिखले शानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा वार्यनले फोर्टुना डसलडोर्फलाई ५–० को फराकिलो जित हात पारेको हो।
वार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा पाभार्ड र डेभिसले समान एक–एक गोल गरे।
खेलको १५ औँ मिनेटमा एम जोर्गेनसेनले आत्मघाती गोल गरेपछि वार्यनले सुरुवाति अग्रता लिएको थियो। यता पाभार्डले २९ औँ मिनेटमा गोल गरेपछि अग्रता २–० मा पुग्यो।
पहिलो हाफ २–० को अग्रता बनाएको वार्यले दोस्रो हाफमा थप तीन गोल थप्यो।
खेलको ५० औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेसँगै वार्यनले आफ्नो अग्रता ३–० मा पुर्यायो।
यस्तै ५२ औँ मिनेटमा डेविसले गोल गरेसँगै वार्यनको अग्रता ४–० मा पुग्यो।
त्यसको एक मिनेट पछि नै लेवान्डोस्कीले गोल गर्दै ५–० को प्रभावशाली जित निश्चित गरे। लेवान्डोस्कीले यो सिजन सबै प्रतियोगितामा गरेर ४३ गोल गरेका छन्।
यो जितपछि वार्यनले १० अंकको अग्रता लिएको छ। उसलाई लगातार आठौँ सिजन उपाधि उचाल्नबाट रोक्नका लागि अबका खेलहरुमा अति सामान्य नतिजा आउनु पर्छ।
वार्यनको २९ खेलबाट ६७ अंक रहेको छ। दोस्रो स्थानको बोरुसिया डर्टमुण्डको २८ खेलबाट ५७ अंक रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया