
बिएल संवाददाता
आइतबार राति बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जना दाङ, सुर्खेत, सल्यान र रोल्पाका वासिन्दा भएको खुलेको छ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये सल्यानका ६ जना, सुर्खेतका ३ जना, दाङका २ जना र रोल्पाका एक जना छन्।
प्रहरीका अनुसार मृतक चालक सुर्खेतका हुन्।
नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ गुडेको फोर्स गाडी रोकिराखेको ट्रकमा गएराति सवा १२ बजे ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो। जसमध्ये ११ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो।
नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार एक जना पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए।
उनका अनुसार ११ जनाको अस्पताल ल्याउनु भन्दा पहिला नै मृत्यु भइसकेको थियो भने एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा चालकसहित भारतबाट घर फर्किरहेकाहरू हुन्।
मृत्यु हुनेमा ११ पुरूष र १ महिला रहेका छन्।
अस्पतालका अनुसार अझैं चार जनाको अवस्था गम्भीर रहेको, तीन जनाको अवस्था सामान्य रहेको र अन्य १४ को अवस्था मध्यम रहेको बताएका छन्।
मृतक र घाइते सबैलाई भेरी अस्पतलामा राखिएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकको अगैयामा विग्रिएर रोकी राखेको ना ५ ख ५९९५ नम्बरको ट्रकमा नेपालगन्जबाट दाङ हुँदै सल्यान तर्फ आउँदै गरेको बा ४ ख ९०६४ नम्बरको फोर्स गाडीले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।
दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये अधिकांश सल्यानका छन् ।
घाइते हुनेहरुमा दाङका ४५ वर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ वर्षिय विष्णु गिरी, वडा नं.२ का २३ वर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ वर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन्।
दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ वर्षिय सुनिल परियार, सोही ठाउँका २० वर्षिय वीरेन्द्र परियार, १८ वर्षिय पुरन परियार, रोल्पाका ५२ वर्षिय नर ब. बिक, रोल्पाका ४० वर्षिया दिल ब. बिक छन्।
यस्तै सल्यानको शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज ब.बुढाथोकी, सल्यानका १८ वर्षिय धन ब. बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दिप ब. बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ वर्षिय निम ब.बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान ब. बोहरा रहेको बाँके प्रहरीले जनाएको छ।
मृतकहरुको भने सनाखत हुन बाँकी छ ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया