बिएल संवाददाता
अमेरिकामा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले विरोध जनाएका छन्।
चेल्सीका खेलाडीले मंगलबार फ्लोयड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन्। चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन्।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो। फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको घाँटीमा घुँडाले थिचेका थिए। सोही कारण उनको कार्डिक अरेस्ट भएको र फ्लोइडको मृत्यु ‘मानव हत्या’ रहेको आधिकारिक पोष्टमार्टम रिपोर्टले भनेको छ।
यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए। त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया