
बिएल संवाददाता
अमेरिकामा प्रहरी हिरासतमै निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको हत्या प्रकरणमा इंग्लिस क्लब चेल्सीका खेलाडीहरूले विरोध जनाएका छन्।
चेल्सीका खेलाडीले मंगलबार फ्लोयड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन्। चेल्सीका खेलाडीले प्रशिक्षण गर्ने मैदानमा घुँडा टेकेर विरोध जनाएका हुन्।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो। फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको घाँटीमा घुँडाले थिचेका थिए। सोही कारण उनको कार्डिक अरेस्ट भएको र फ्लोइडको मृत्यु ‘मानव हत्या’ रहेको आधिकारिक पोष्टमार्टम रिपोर्टले भनेको छ।
यस अघि लिभरपुलका खेलाडीले समेत विरोध जनाएका थिए। त्यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसिया मुन्छेनग्लाडबाखका मार्कोस थुरामले विरोध जनाएका थिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया