‘कोरोना नियन्त्रणमा परिचालन गर्न सेना आवश्यक भइसक्यो, केन्द्रलाई सहयोग गर्न आग्रह गरेका छौँ’

‘कोरोना नियन्त्रणमा परिचालन गर्न सेना आवश्यक भइसक्यो, केन्द्रलाई सहयोग गर्न आग्रह गरेका छौँ’

दिपा दाहाल

१५ दिन अघिसम्म कोरोना भाइरस संक्रमण नदेखिएको भन्दै कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो प्रदेशलाई ‘ग्रिन जोन’ घोषणा गर्ने तयारी गरिरहेको अभिव्यक्ति सार्वजनिकरुपमा दिइरहेका थिए।

तर जेठ ५ गते पहिलो पटक संक्रमित पुष्टि भएको कर्णाली प्रदेशमा १५ दिनयता तिब्र गतिमा बढिरहेको संक्रमणले यही गतिमा निरन्तरता पाए त्यसको नियन्त्रणमा आफू सक्षम नहुने संकेत गर्दै कर्णाली प्रदेश सरकारले सहयोगका लागि केन्द्र सरकारको ढोका घच्घचाउन थालेको छ।

संक्रमणबाट हालसम्म एक जनाको मृत्यु र २६२ जना संक्रमित पुष्टि भएको कर्णालीका दैलेख, सल्यान, सुर्खेतमा क्वारेन्टिन र कालिकोटमा आइसोलेसन बेड अभाव भएपछि खासगरी स्थानीय सरकारका जनप्रतिनिधि तनावग्रस्त बनेका छन्।

प्रकाशित मिति: Jun 03, 2020 07:49:34

प्रतिक्रिया दिनुहोस