बिएल संवाददाता
रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ । मंगलबार साँझ मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकी आक्रमण भएको हो ।
केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् ।
मादकपदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणपछि उनीहरु फरार भएका छन् ।
फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए ।
खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको उनले बताए ।
चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया