तेक्वान्दो खेलाडीलाई सदस्य सचिव सिलवालको राहत

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको छ ।

दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई शुक्रबार राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको छ ।

सदस्य सचिव सिलवाल आफैँ उपस्थित भइ राहत वितरण गर्ने कार्यक्रम भएपनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।

उनका सदस्य सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । 
 

प्रकाशित मिति: : 2020-06-05 19:33:34

प्रतिकृया दिनुहोस्