लकडाउनले जर्मनीमा अड्किएका मूर्तिको नेपालमा झल्को

सम्राज्ञी भण्डारी

 स्वदेशी तथा विदेशी पर्यटकको सधैँ चहलपहल रहने भक्तपुर दरबार स्क्वायर अचेल सुनसान छ। दरबारको गेटबाहिर नेवार बस्तीको पुरानो थलो खौमा चोक अनि वास्तुशास्त्रमा बनेका पुरानो घरहरु पनि उस्तै सुनसान छन्।

कयौं वर्षदेखिको इनारको पानी पनि २०७२ को भूकम्पपछि सुकेर अहिले रित्तो भएको छ। दरबार स्क्वायरबाट केही पाइला हिँड्नासाथ परम्परागत शैलीमा बनेको तर नयाँ घरमा पुग्दा जोकोहीका पनि पाइला रोकिन्छन्।

जुन वर्षौ पहिले निर्मित माटोको घर भर्खरै कुनै चित्रकारले क्यानभासमा सजायझैं देखिन्छ। त्यही बस्छन् ३६ वर्षीय इन्द्रप्रसाद शिल्पकार।

‘क्वाकी मकचा’ (ज्वलेरी बक्स)बाट काष्ठकला सिकेका इन्द्रप्रसादलाई सानैदेखि काष्ठकलाले लोभ्यायो। त्यसमै आफ्नो भविष्य खोजिरहेका उनलाई लामो समयपछि त्यो अवसर पनि मिलेको थियो। आफ्नो सपनाले साकार रुप लिन लागेकोले उनको खुशी चुलिएको थियो।

त्यही अवसर पछ्याउँदै उनी एकल काष्ठकला प्रदर्शनीका लागि गत चैतको दोस्रो साता जर्मनी उड्ने तयारीमा थिए। जर्मनीको भिसा पाइसकेका थिए। प्रदर्शनीमा राखिने ४० वटा मूर्ति जर्मनी पठाइसकेका थिए। आफ्नो कलाले अन्तर्राष्ट्रिय मञ्च पाउन लागेकोमा उनले गर्नुपर्ने तयारी सबै पूरा गरिसकेका थिए।

प्रकाशित मिति: : 2020-06-06 17:38:22

प्रतिकृया दिनुहोस्