‘तोरीपानी गाउँदेखि ढोलथानसम्म पदमार्ग’

रासस

म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहासिक ढोलथान जोड्ने पदमार्ग निर्माण भएको छ। 

बेनी नगरपालिकाले तोरीपानी गाउँदेखि ढोलथानको पर्यटन विकासका लागि सो पदमार्ग निर्माण गरेको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय युवा परिचालन गरेर ८०० मिटर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए।  

'बेनी नगरपालिकाकै उच्च स्थानमा रहेको ढोलथानमा बाइसे चौबीसे राज्यका पालामा तत्कालीन पर्वते राजाको दरबार थियो' उनले भने, 'ऐतिहासिकस्थलको पर्यटन विकासका लागि पदमार्गले जोडेका छौँ। संरक्षणसँगै अन्य पूर्वाधार पनि विस्तार गर्दैछौँ।' 

सो कार्यक्रममार्फत विनियोजन भएको रु ६ लाख ३३ हजार ३३३ लागतमा तोरीपानीको गुफाबोटदेखि ढोलठान दरबारसम्म दुई मिटर चौढाइ भएको पदमार्ग निर्माण गरिएको हो। 

 कार्यक्रमका लागि वडामा सूचीकृत भएकाहरुले एकहप्तासम्म पदमार्ग निर्माणमा खटिएका हुन्। दैनिक ७५ जनाभन्दा बढी पदमार्ग निर्माणमा जुटेका थिए। पदमार्गमा खटिएकालाई दैनिक रु ८५० का दरले रकम प्रदान गरिएको थियो। 

बन्दाबन्दीका समयमा दैनिकी चलाउन कठिन भएकालाई एकहप्ता भए पनि गाउँमा रोजगारी पाउँदा राहत मिलेको स्थानीयवासी रुद्रबहादुर चोखालले बताए। कोरोनाको जोखिम न्यूनीकरण गर्न भौतिक दूरी कायम गरी समूह समूह बनाएर काममा परिचालन गरिएको थियो। 

सो पदमार्गमा मोटरसाइकल पनि चलाउन सकिन्छ। पदमार्ग निर्माणपछि ओझेलमा परेको एतिहासिकस्थल ढोलठान दरबारको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीय युवा बाबुराम चोखालले बताए। 

समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा ढोलथान अवस्थित छ। पहाडको टाकुरामा समथर भूभाग छ। त्यहाँ दरबारका संरचनाका भग्नावशेष छन्। धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ«्रेलगायत हिमाल अवलोकन गर्न सकिन्छ। 

म्याग्दी, पर्वत र बागलुङका बस्ती, कालीगण्डकी र म्याग्दी नदी, पहाडी भूगोलको रमणीय दृष्य देखिन्छ। सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य देखिन्छ। बेनी–गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, टोड्के जोड्ने पदमार्गको परिकल्पना गरिएको छ। 
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहासिक ढोलथान जोड्ने पदमार्ग निर्माण भएको छ। 

बेनी नगरपालिकाले तोरीपानी गाउँदेखि ढोलथानको पर्यटन विकासका लागि सो पदमार्ग निर्माण गरेको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय युवा परिचालन गरेर ८०० मिटर पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए। 

'बेनी नगरपालिकाकै उच्च स्थानमा रहेको ढोलथानमा बाइसे चौबीसे राज्यका पालामा तत्कालीन पर्वते राजाको दरबार थियो' उनले भने, 'ऐतिहासिकस्थलको पर्यटन विकासका लागि पदमार्गले जोडेका छौँ। संरक्षणसँगै अन्य पूर्वाधार पनि विस्तार गर्दैछौँ।' 

    सो कार्यक्रममार्फत विनियोजन भएको रु ६ लाख ३३ हजार ३३३ लागतमा तोरीपानीको गुफाबोटदेखि ढोलठान दरबारसम्म दुई मिटर चौढाइ भएको पदमार्ग निर्माण गरिएको हो । 

     कार्यक्रमका लागि वडामा सूचीकृत भएकाहरुले एकहप्तासम्म पदमार्ग निर्माणमा खटिएका हुन् । दैनिक ७५ जनाभन्दा बढी पदमार्ग निर्माणमा जुटेका थिए । पदमार्गमा खटिएकालाई दैनिक रु ८५० का दरले रकम प्रदान गरिएको थियो । 

    बन्दाबन्दीका समयमा दैनिकी चलाउन कठिन भएकालाई एकहप्ता भए पनि गाउँमा रोजगारी पाउँदा राहत मिलेको स्थानीयवासी रुद्रबहादुर चोखालले बताउनुभयो । कोरोनाको जोखिम न्यूनीकरण गर्न भौतिक दूरी कायम गरी समूह समूह बनाएर काममा परिचालन गरिएको थियो । 

   सो पदमार्गमा मोटरसाइकल पनि चलाउन सकिन्छ । पदमार्ग निर्माणपछि ओझेलमा परेको एतिहासिकस्थल ढोलठान दरबारको पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने स्थानीय युवा बाबुराम चोखालले बताउनुभयो । 

   समुद्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा ढोलथान अवस्थित छ । पहाडको टाकुरामा समथर भूभाग छ । त्यहाँ दरबारका संरचनाका भग्नावशेष छन् । धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ«्रेलगायत हिमाल अवलोकन गर्न सकिन्छ । 

    म्याग्दी, पर्वत र बागलुङका बस्ती, कालीगण्डकी र म्याग्दी नदी, पहाडी भूगोलको रमणीय दृष्य देखिन्छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य देखिन्छ । बेनी–गुफाको डिल, पछै, घतानकोत, ढोलथान, जगन्नाथ, टोड्के जोड्ने पदमार्गको परिकल्पना गरिएको छ । 

प्रकाशित मिति: : 2020-06-14 16:01:23

प्रतिकृया दिनुहोस्