बुधबार, २० अगस्ट २०२५

मदिरा सेवन गरी क्वारेन्टाइनमा पसेर अभद्र व्यवहार गर्ने ३ जना पक्राउ

News Image
• • •

मदिरा सेवन गरी क्वारेन्टाइनमा पसेर अभद्र व्यवहार गर्ने तीनजना पक्राउ परेका छन्। 

पर्साको पटेर्वा सुगौली गाउपालीका ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विधालय निचुटामा रहेको क्वारेन्टाइनमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दा उनीहरु पक्राउ परेका हुन्। 

पर्सा प्रहरीका अनुसार गत शनीबार राति साढे १० क्वारेन्टाइन भित्र छिरेका उनीहरुलाई रोक्न खोज्दा प्रहरीलाई नै गालीगलौच तथा अभद्र व्यवहार गरेकोले सोही स्थानका ३ जनालाइ नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउपालाीका ५ बस्ने २८ वर्षिय श्रीराम चमार, सोही वडाका ३२ बर्षका श्रीराम चमार र वर्ष २६ को रामबालक हजरा दुसाद रहेको पर्साकी प्रहरी उपपरिक्षक गंगा पन्तले जानकारी दिइन्।

पक्राउ परेका ३ तीनै जनामाथि शान्तीविरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्ले बताइन्।

बुधबार, असार ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)