बुधबार, २० अगस्ट २०२५

प्रधानमन्त्रीकाे प्रश्न: बाहिरै काेराेना संक्रमित हुन नदिने हामी जादु गर्नसक्छौ र?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बाहिरबाट आउने संक्रमितको संख्या ठूलो भएको बताएका छन्।

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अहिलेसम्म बाहिरैबाट संक्रमित भएर आएका हुन्। यहाँ समुदायमा फैलिएको छैन’

प्रधानमन्त्री ओलीले बाहिरै संक्रमित हुन नदिन नसकिने पनि बताए। ‘बाहिरै संक्रमित हुन नदिने हामी जादु गर्नसक्छौ र?’उनले पश्न गरे। 

उनले भारतबाट नेपाल आउने नेपालीहरुको भारतमा कोरोना टेष्ट गर्ने भन्ने कुरा अपेक्षा नै गर्न नसकिने पनि बताए।

‘भारतबाट कोरोना टेष्ट गरेर पठाउने अपेक्षै गर्न सकिँदैन। त्यो त एउटा हुल आएको हो। जव एक महिनामा २ लाख ४१ हजार ८६२ जना आउँछन् त्यो कुरै भएन। उनले भारतबाहेक अरु देशबाट आउनेको भने टेष्ट हुने गरेको बताए,’ उनले भने।  

बिहिबार, असार ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)