बुधबार, २७ अगस्ट २०२५

विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोविचलाई कोरोना

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

विश्व नम्बर वान टेनिस खेलाडी नोभाक जोकोविचलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकाे छ।

उनी गत साता सर्वियामा प्रदर्शनी प्रतियोगिताको रुपमा रहेको एड्रिया टुर खेलेका थिए।

टुरअन्तर्गत दोस्रो लेगका लागि सर्वियन स्टार जोकोविच गत साता क्रोएसिया पुगेका थिए। तर प्रतियोगिता फाइनलअघि स्थगित भएको थियो।

ग्रिगोर दिमित्रोभलाई कोरोना भएपछि प्रतियोगिता स्थगित हुँदा फाइनलमा पुगेका जोकोविचले क्रोएसिया छाडेका थिए।

त्यसपछि बोर्ना कोरिक र भिक्टोर ट्रोइकी पनि कोरोनाबाट संक्रमित बन्न पुगेका थिए।

मंगलबार, असार ०९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)