डोनल्ड ट्रम्पलाई अर्को झड्का, भतिजीको पुस्तक रोक्ने मुद्दा अदालतद्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अर्को एक गम्भीर झड्का लागेको छ।आफ्नै भतिजी मेरी ट्रम्पको प्रकाशोन्मुख पुस्तक 'टु मच एण्ड नेभर इनफ' प्रकाशनमा प्रतिवन्ध लगाउने उनको प्रयास अदालतले खारेज गरिदिएपछि उनको समस्या अरू बढेको हो। 

न्युयोर्कको क्विन्स काउन्टी सेरोगेट अदालतका न्यायाधीश पिटर जे. केलीले विहीबार सार्वजनिक महत्वको पुस्तकलाई पारिवारिक मामला बनाएर रोक्ने वादी पक्षको कार्यक्षेत्र नभएको भन्दै प्रतिवन्धको मागदावी खारेज गरिदिएका हुन्।

मुद्दा डोनल्ड ट्रम्पका लागि उनका कान्छा भाइ रोबर्ट ट्रम्पले मंगलबार दायर गरेका थिए भने मुद्दाको प्रतिनिधित्व डोनल्ड ट्रम्पका वकिल चार्ल्स हार्डरले गरेका थिए। मेरी ट्रम्पको पुस्तक प्रकाशक साइमन एंड शुस्टरलाई समेत विपक्षी बनाएर दायर गरिएको मुद्दामा मेरीको पुस्तकले गोपनियताको सम्झौता उलंघन गर्ने दावी गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अर्को एक गम्भीर झड्का लागेको छ।आफ्नै भतिजी मेरी ट्रम्पको प्रकाशोन्मुख पुस्तक 'टु मच एण्ड नेभर इनफ: हाव माइ फ्यामिली क्रेटेड वर्ल्ड'स मोस्ट डेन्जरस म्यान' प्रकाशनमा प्रतिवन्ध लगाउन दायर गरिएको मुद्दा विहीबार अदालतले खारेज गरिदिएपछि उनलाई यस्तो झड्का लागेको हो। 

अदालतको निर्णय लगत्तै मेरी ट्रम्पका वकील ड बोउट्रेसले भने 'अदालतको निर्णयको स्वागत गर्दै सार्वजनिक महत्वको पुस्तक प्रकाशनमा प्रतिवन्ध लगाउने कुरा ट्रम्प परिवारको कार्यक्षेत्र हुन सक्दैन।' उनले अदालतले समयमै सही फैसला सुनाएको बताउँदै अब यो मुद्दा यही सकिने अपेक्षा गरे।

उता, रोबर्ट ट्रम्पका वकील चार्ल्स हार्डरले भने कानूनी लडाइ जारी राख्ने बताएका छन्। उनले रोबर्टले न्युयोर्क राज्य सुप्रीम कोर्टमा अर्को मुद्दा दायर गर्ने बताउँदै भने, ' सन् २००१ मा ट्रम्प परिवारको एक मुद्दाको सुनुवाइ क्विन्स काउन्टी सेरोगेट अदालतमा भएकाले त्यही मुद्दा दायर गरिएको हो।'

प्रकाशक साइमन एंड शुस्टरले जुलाई २८ मा मेरी ट्रम्पको 'टु मच एन्ड नेभर इनफ:  हाव माइ फ्यामिली क्रेटेड वर्ल्ड'स मोस्ट डेन्जरस म्यान' बजारमा ल्याउने घोषणा गरिसकेको छ। 

यसअघि राष्ट्रपति ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको पुस्तक प्रकाशनमा प्रतिवन्ध लगाउन न्याय विभागमार्फत् मुद्दा दायर गरेका थिए। त्यो मुद्दा खारेज गरिएपछि जुन २१ मा बोल्टनको ‘द रूम ह्वेर इट ह्यापेन्ड, अ ह्वा्ईट हाउस मेमोयर' प्रकाशन भैसकेको छ।

प्रकाशित मिति: : 2020-06-26 03:52:35

प्रतिकृया दिनुहोस्