काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने योजना सफल भएमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष चाहिँ माधवकुमार नेपाललाई दिने गरी दुई नेताबीच ‘जेन्टलमेन एग्रिमेण्ड’ भएको खुल्न आएको छ ।
नेकपा स्रोतका अनुसार, दुई नेताबीच कुनै पनि हालतमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाइछाड्ने र त्यसबाट पछि नहट्ने पनि सहमति भएको हो । दुवै जना नेताले आपसी विश्वासमा काम गर्ने र संसदीय दलमा बहुमत पुर्याउन क्रियाशील हुने पनि स्रोतको दाबी छ ।
स्थायी कमिटीको असार १० गतेदेखि जारी बैठकमा प्रधानमन्त्री ओलीलाई हटाउने एजेण्डा बीचमा प्रवेश गराउनुअघि खुमलटारमा प्रचण्ड–नेपाल बैठक गरी यस्तो ‘भद्र सहमति’ भएको हो । असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफूलाई हटाउन भारत लागिपरेको भन्ने अभिव्यक्ति दिएपछि दुई नेता खुमलटारमा बैठक गरेका थिए । उपाध्यक्ष वामदेव गौतम पुग्नुअघि दुई नेताबीच यसबारे कुरा भएको थियो ।
गौतम पुगेपछि उनीसमेत बसेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफूहरु सबैलाई ‘भारतका एजेण्ट’ भनी आरोपित गरेको र अब उनलाई पदबाट हटाउनेबारे छलफल गर्ने सल्लाह गरी असार १५ को बैठकमा गएका थिए । वरिष्ठ नेता खनाललाई भने प्रचण्डले त्यहीँबाट फोन गरी कुराकानी गरेको खुल्न आएको छ । बैठकमा सबैभन्दा आक्रोशित रुपमा खनाल प्रस्तुत भएका थिए ।
त्यस दिनको बैठकमा प्रचण्ड–नेपाल पक्षका मात्र नेता बोलेका र सबैले प्रधानमन्त्रीबाट हटाउने पक्षमा अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले भारतद्वारा मिचिएको भूभागसहितको नक्सा जारी गर्नुअघि प्रधानमन्त्रीको राजीनामाको माग स्थगित गरी बैशाख २० गतेको बैठकमा ओली र प्रचण्ड दुबैले आत्मालोचना गरेका थिए । स्थायी किमटी बैठक आज पनि केही बेरपछि बस्दै छ ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया