काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने योजना सफल भएमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी अध्यक्ष चाहिँ माधवकुमार नेपाललाई दिने गरी दुई नेताबीच ‘जेन्टलमेन एग्रिमेण्ड’ भएको खुल्न आएको छ ।
नेकपा स्रोतका अनुसार, दुई नेताबीच कुनै पनि हालतमा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाइछाड्ने र त्यसबाट पछि नहट्ने पनि सहमति भएको हो । दुवै जना नेताले आपसी विश्वासमा काम गर्ने र संसदीय दलमा बहुमत पुर्याउन क्रियाशील हुने पनि स्रोतको दाबी छ ।
स्थायी कमिटीको असार १० गतेदेखि जारी बैठकमा प्रधानमन्त्री ओलीलाई हटाउने एजेण्डा बीचमा प्रवेश गराउनुअघि खुमलटारमा प्रचण्ड–नेपाल बैठक गरी यस्तो ‘भद्र सहमति’ भएको हो । असार १४ गते मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा आफूलाई हटाउन भारत लागिपरेको भन्ने अभिव्यक्ति दिएपछि दुई नेता खुमलटारमा बैठक गरेका थिए । उपाध्यक्ष वामदेव गौतम पुग्नुअघि दुई नेताबीच यसबारे कुरा भएको थियो ।
गौतम पुगेपछि उनीसमेत बसेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफूहरु सबैलाई ‘भारतका एजेण्ट’ भनी आरोपित गरेको र अब उनलाई पदबाट हटाउनेबारे छलफल गर्ने सल्लाह गरी असार १५ को बैठकमा गएका थिए । वरिष्ठ नेता खनाललाई भने प्रचण्डले त्यहीँबाट फोन गरी कुराकानी गरेको खुल्न आएको छ । बैठकमा सबैभन्दा आक्रोशित रुपमा खनाल प्रस्तुत भएका थिए ।
त्यस दिनको बैठकमा प्रचण्ड–नेपाल पक्षका मात्र नेता बोलेका र सबैले प्रधानमन्त्रीबाट हटाउने पक्षमा अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले भारतद्वारा मिचिएको भूभागसहितको नक्सा जारी गर्नुअघि प्रधानमन्त्रीको राजीनामाको माग स्थगित गरी बैशाख २० गतेको बैठकमा ओली र प्रचण्ड दुबैले आत्मालोचना गरेका थिए । स्थायी किमटी बैठक आज पनि केही बेरपछि बस्दै छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया