बुधबार, २७ अगस्ट २०२५

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

News Image
• • •

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार ७२ वर्षीय सरोजको बिहीबार राति निधन भएको हो। हृदयघात भएपछि जुन १७ मा उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजार बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

नृत्य निर्देशनमा तीन पटक राष्ट्रिय अवार्ड जितेकी सरोजले नृत्य निर्देशन गरेका चर्चित गीतमा संजय लीला भन्साली निर्देशित ‘देवदास’ सिनेमाको ‘डोला रे डोला’, माधुरी दिक्षित अभिनित ‘तेजाब’ सिनेमाको ‘एक दो तीन’ र ‘जब वी मेट’ सिनेमाको ‘ए इश्क हाय’ लगायतका छन्।

उनले अन्तिमपटक करन जोहर निर्मित ‘कंलक’ सिनेमाको ‘तबाह हो गई’ गीतमा कोरियोग्राफी गरेकी थिइन्।

 सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।
 

शुक्रबार, असार १९, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!