बिबिसी
नेपाल र भारतबीच सीमा विवादलाई लिएर राजनीतिक तहमा कायम असमझदारी नसुल्झिए त्यसले दुई देशका सेनाबीच रहेको गहिरो सम्बन्धलाई अप्ठेरोमा पार्न सक्ने विज्ञहरूले बताएका छन्।
अघिल्लो वर्षको नोभेम्बर महिनामा भारतले नेपालले आफ्नो भन्ने गरेको कालापानी क्षेत्रलाई समेटेर नक्सा जारी गरेयता दुई देशबीचको सम्बन्ध चिसिएको छ।
गएको मे महिनामा भारतीय रक्षामन्त्रीले लिपुलेक क्षेत्रलाई आफ्नो देशसँग जोड्ने गरी सडकको उद्घाटन गरेपछि नेपालले त्यसको चर्को विरोध गरेको थियो।
त्यसप्रति प्रतिक्रिया जनाउँदै भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले चीनतर्फ इशारा गर्दै तेश्रो देशको आडमा नेपालमा उक्त विरोध भएको हुनसक्ने धारणा राखेका थिए।
सन् १८१६ मा नेपाल र तत्कालीन इस्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धि अनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र आफ्नो भूमि भएको भन्दै नेपालले ती भूगोल समेटेर देशको नक्सा जारी गरेको छ।
उक्त अद्यावधिक नक्सासहितको संविधान संशोधन नेपालले अनुमोदन गरेसँगै नेपाल र भारतबीच उच्च राजनीतिक तहमा संवादहीनताको अवस्था रहेका विवरणहरू आएका छन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया