बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक दुरी कायम नगरी कार्यक्रम आयोजना गरिएको भन्दै कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन्।
शुक्रबार गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा भौतिक दूरी कायम नगरेको भन्दै उनले कडा आपति जनाएका हुन्।
‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ। बोल्दा ढंग पनि छैन। खतरा रोग आएको छ। कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ। ठूलो गाउँमा सानो कार्यक्रम गरे हुन्छ, अहिले सबैले कार्यक्रम गर्न छाडिसकेका छन्। हामीले मात्रै गर्नुपर्ने? बढ्ता जान्ने भइहाल्नुपर्ने? विद्यार्थीलाई जम्मा पारेर भाषण गरिहाल्नु पर्ने?’, उनले भने।
गाउँ, विद्यालय तहमा समेत नेविसंघ नभएको भन्दै उनले एकआपसबीचको कलहकै कारण बदनाम हुनुपरेको जिकिर गरे।
‘नेवि संघ स्कुलहरुमा कहाँ छ? यसअघिका सभापतिहरुलाई पनि स्कुलमा नेविसंघ बनाउनुस् भन्दा नसुनेको झै गरे। काठमाडौं आएर बढ्ता भाषण गरेर केही हुनेवाला छैन, गाउँमा जाऊ गाउँमा,’ उनले भने।
कार्यक्रममा केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई विद्यार्थीहरुले आग्रह गरेका थिए।
नैनसिंह महर नेतृत्वको कार्यसमितिले अधिवेशन गर्न नसकेपछि देउवाले रुचाएका राजीव ढुंगानालाई सभापति बनाइएको छ भने भागबन्डाका आधारमा उपसभापति, महामन्त्री चयन गरिएको छ भने केन्द्रीय समितिले पूर्णता पाएको छैन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया