रातोपाटी
तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर ! 'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु होला l सशरीर जानु पर्दैन तारुका, आगामी पङ्क्तिहरु पछ्याइ दिनुभए पुग्छ l यसपटक हामी माघेसंक्रान्तिमा जस्तो रमिता हेर्ने छैनौँ तारुकामा l माना खाएर मुरी उब्जाउने बेला हो यो l अन्यत्रजस्तै त्यहाँ पनि अहिले रोपाइँको चटारो छ l जुधाइने मत्त साँढे गोरुहरु यतिबेला खेत जोत्न हलो र साउन दांदेमा नारिएका हुन्छन् l रमिता हेर्ने मान्छेहरु पनि असिनपसिन भएका हुन्छन् l उनीहरुलाई बीउ काढ्न, आली लाउँन, बाउसे र रोपाइँ गर्न भ्याइनभ्याइ छ l तर, हामी तारुकामा रोपाइँ जात्रा हेर्ने छैनौँ l अनि किन जाने त तारुका ? जिज्ञासा जाग्न सक्छ l
रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे !
राष्ट्रकवि माधवप्रसाद घिमिरेले पत्नी वियोगमा रचना गरेका शोककाव्य गौरीको पङ्क्ति हो यो l कविपत्नीको असारको एउटा अँध्यारो रातमा निधन भएको थियो l तर, कविले यो पङ्क्ति नुवाकोट तारुकाका लागि पनि लेखिदिएका हुन् भन्दा हुन्छ l
माघेसंक्रान्तिमा साँढे गोरु जुधाएको रमितामा रमाउने तारुकेहरुको मन साउनेसंक्रान्ति सन्मुखको असार आउँदा अमिलिन्छ, ५५ बर्षअघिको 'नीलो काल'को त्रासदी सम्झेर l
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया