तारुकामा 'नीलो काल'को त्यो त्रासद असार

तारुकामा 'नीलो काल'को त्यो त्रासद असार

 

जिवेन्द्र सिम्खडा 

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर !  'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु होला l सशरीर जानु पर्दैन तारुका, आगामी पङ्क्तिहरु पछ्याइ दिनुभए पुग्छ l यसपटक हामी माघेसंक्रान्तिमा जस्तो रमिता हेर्ने छैनौँ तारुकामा l  माना खाएर मुरी उब्जाउने बेला हो यो l अन्यत्रजस्तै त्यहाँ पनि अहिले रोपाइँको चटारो छ l जुधाइने मत्त साँढे गोरुहरु यतिबेला खेत जोत्न हलो र साउन दांदेमा नारिएका हुन्छन् l रमिता हेर्ने मान्छेहरु पनि असिनपसिन भएका हुन्छन् l उनीहरुलाई बीउ काढ्न, आली लाउँन, बाउसे र रोपाइँ गर्न भ्याइनभ्याइ छ l तर, हामी तारुकामा रोपाइँ जात्रा हेर्ने छैनौँ l अनि किन जाने त तारुका ? जिज्ञासा जाग्न सक्छ l

रोई आउँछ रे असार महिना आँसू यहाँ पर्छ रे !

राष्ट्रकवि माधवप्रसाद घिमिरेले पत्नी वियोगमा रचना गरेका शोककाव्य गौरीको पङ्क्ति हो यो l कविपत्नीको असारको एउटा अँध्यारो रातमा निधन भएको थियो l तर, कविले यो पङ्क्ति नुवाकोट तारुकाका लागि पनि लेखिदिएका हुन् भन्दा हुन्छ l

माघेसंक्रान्तिमा साँढे गोरु जुधाएको रमितामा रमाउने तारुकेहरुको मन साउनेसंक्रान्ति सन्मुखको असार आउँदा अमिलिन्छ, ५५ बर्षअघिको 'नीलो काल'को त्रासदी सम्झेर l

प्रकाशित मिति: Jul 04, 2020 09:13:02

प्रतिक्रिया दिनुहोस

सबै