बिएल संवाददाता
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ वटा राष्ट्रिय दलमध्ये २ वटा दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्।
भर्खरै संसदमा प्रतिनिधित्व गर्न लागेको श्रम संस्कृति पार्टी र राजावादी पार्टी राप्रपाले यस्तो सुविधा नपाउने भएका हुन्।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन्।
यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ।’
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय दल बनेकामध्ये यी दुई दलका सांसद संख्या १० भन्दा कम भएपछि सुविधाबाट वञ्चित भएका हुन्। श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद रहेका छन्।
यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद छन्।
राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जितेको र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ। यस्तो थ्रेसहोल्ड पार गरेर राष्ट्रिय दल बने पनि प्रमुख सचेतकको सुविधा पाउने १० जना भन्दा बढी सांसद जित्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्छन्।
दलको प्रमुख सचेतकका लागि छुर्ट्ट कार्यालयको सुविधा हुन्छ। जसको लागि कार्यालय सहयोगी एक जना प्राप्त गर्दछन्। एउटा साइकल पनि पाउँछन्। अतिथि सत्कार खर्च बापत्त मासिक १५ हजार प्राप्त हुन्छ।
दलको प्रमुख सचेतकले एक जना रा.प्र.द्धि स्वकीय सचिव प्राप्त गर्ने व्यवस्था भने हाल निष्कृय छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया