बिएल संवाददाता
कांग्रेस सभापति गगन थापाले दिएको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गरेको छ।
निर्वाचनमा पार्टीको लज्जास्पद हारको नैतिक जिम्मेवारी दिँदै सभापति थापाले पदबाट दिएको राजीनामा आइतबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अस्वीकार गरेको छ।
गगनको राजीनामाबारे शुक्रबारदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक जारी थियो। बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव पारित गरेको प्रवक्ता देवराज चालिसेले बताए।
‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ,’ चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया