धर्मेन्द्र झा
सन्दर्भ १- श्यामलाल राम, सिरहा
सिरहाको लहान नगरपालिकाका श्यामलालका दुई छोरीमध्ये जेठी छोरी (१९ वर्षीया) को विवाहको तयारी हुँदै थियो। श्यामलालले वर पक्षलाई दुई लाख रुपैयाँ र चार तोला सुन दाइजोमा दिइसकेका थिए। छोरीले घरपरिवारको निर्णयसँग सहमति जनाउन सकिनन् र आफूले मन पराएको केटासँग गइन्।
तर, अचम्म व्यक्तिगत र पारिवारिक विषयमा समाजले हस्तक्षेप गर्यो। छोरी मन पराएको केटासँग गएकीमा समाजले अर्थात पञ्चायतले श्यामलाललाई ६० हजार जरिवाना तोक्यो। अर्कोतिर वर पक्षकाले लिएको दहेज फिर्ता नगर्ने भन्दै श्यामकी १५ वर्षीय कान्छी छोरीसँग विवाह गर्ने प्रस्ताव गर्यो। श्यामले आफूसँग कुनै विकल्प बाँकी देखेनन् र समाजलाई बसाएर नाबालिग छोरीको बिहे गर्ने प्रस्तावमा राजी भए।
तर, समाज भनाउँदोले कथित पञ्चायतका नाममा फेरि अनपेक्षित हस्तक्षेप गर्यो र जेठी छोरी भागेकोमा विगतमा तय गरिएको ६० हजार तिर्नै पर्ने अडान लियो। श्यामसँग जरिवाना तिर्ने पैसा थिएन। समाजको दबाब र बेइज्जत हुने त्रास शायद उनले सहन सकेनन् र रुखमा झुण्डिएर आत्महत्या गरे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया