बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मात्र प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने षड्यन्त्र नभई राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राष्ट्रपतिबाट हटाउने षड्न्त्र भइरहेको खुलासा गरेका छन् । बालुवाटारमा शनिबार साँझ आयोजित मन्त्रिपरिषद्को विस्तारित बैठकमा उनले षड्यन्त्र चिर्न आफू लागि पर्ने बताएका हुन् ।
मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकारसहित आफ्नो टीमको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुनसक्छ । यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ ।’
पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाहा पाएर आफूले संसद् अधिवेशन अन्त्यको निर्णय गरेको मन्त्रीहरुलाई जानकारी गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ’, प्रधानमन्त्रीले भनेका थिए ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा भएका कतिपय कुराहरु बाहिर जाने गरेको बताउँदै चेतावनी भाषामा त्यस्ता षड्यन्त्र नगर्न पनि आग्रह गरे । ‘मन्त्रिपरिषद्मा बसेर मन्त्रिपरिषद्कै विरुद्धमा काम नगर्नुहोस्’, उनले अगाडि भने, ‘म सत्यसँग कहिल्यै लड्दिनँ तर असत्यसँग कहिल्यै झुक्दिनँ ?’
बैठकमा कृषिमन्त्री घनश्याम भुसालले अहिले नेकपा फुटाउन क्रियाशील शक्तिहरु दुवै पक्षलाई गलत सूचना दिएर उत्तेजित बताइरहेकोले यसबाट सचेत रहन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
उर्जामन्त्री वर्षमान पुनले सरकार र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको हो भने पार्टीको बैठकमा छलफल गर्न आग्रह गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले आफूसँग राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने तयारीबारे कुरा गरेको प्रमाण रहेको र देशलाई दुर्घटनाबाट बचाउन संसद् अधिवेशन अन्त्य गर्नुपरेको समेत बताएका थिए ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया