बुधबार, २० अगस्ट २०२५

ब्राजिलमा काेराेनाबाट एकै दिन ११ सयभन्दा बढीकाे मृत्यु, मृतककाे संख्या ६४ हजार कट्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

कोरोना भाइरसको महामारीले ब्राजिलमा ६४ हजारभन्दा बढीको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएको छ। योसँगै ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ६४ हजार ३६५ पुगेको छ।

यस्तै एकै दिन ३५ हजार ३५ जना संक्रमित भएका छन्। योसँगै संक्रमित हुनेको संख्या १५ लाख ७८ हजार ३७६ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ३५ हजार ३९६ जनाको उपचार भइरहेको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन १ लाख ८९ हजार ४१३  जना बढी संक्रमित भएका छन्। याे सँगै १ करोड १३ लाख ७१ हजार ९८९ जना संक्रमित भएका छन्।

यस्तै ६४ लाख ३३ हजारभन्दा बढी उपचारपछि निको भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४८९ छ। योसँगै मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८६१ पुगेको छ।

आइतबार, असार २१, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)