कश्मिरमा मारिएका भाजपा नेताको हत्यामा लश्करको हात

कश्मिरमा बुधबार मारिएका भारतीय जनता पार्टी (भाजपा) को बान्दीपोरा जिल्लाका अध्यक्ष वसीम बारीको हत्या नियोजित भएको प्रहरीले बताएको छ। उनको हत्यामा पाकिस्तानको लश्कर–ए–तैयबाको हात रहेको भारतीय प्रहरीले जनाएको छ। 

कश्मिर प्रहरीका आइजी विजय कुमारका अनुसार बारीको हत्यामा लश्करका दुई कार्यकर्ता संलग्न देखिएका छन्। यसमा एकजना पाकिस्तानी र अर्को एक स्थानीय आबिद नाम गरेको मानिस संलग्न भएको बताइएको छ। 

३८ वर्षीय भाजपा नेता बारी र उनको परिवारलाई सुरक्षा खतराका बीच १० प्रहरी राज्य सरकारले उपलब्ध गराएको थियो। तर, ती प्रहरी हत्याको बेला घटनास्थलमा उपस्थित थिएनन्। १० जनालाई नै निलम्बित गरिएको छ। 

प्रहरी चौकी नजिकै रहेको आफ्नो पसल अगाडि बारीलाई राती ९ बजे गोली हानिएको थियो। यो घटनामा उनको बुवा बशीर अहमद र भाई उमर बशीर पनि मारिएका थिए।
 

प्रकाशित मिति: : 2020-07-10 13:25:39

प्रतिकृया दिनुहोस्