मङ्गलबार, २३ सेप्टेम्बर २०२५

बार्सिलोनाको जित, रियलसँगको अग्रता १ अंकमा झर्‍याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्षस्थानको रियल मड्रिडसँगको दुरी १ अंकमा झारेको छ।

शनिबार राति भएकाे खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १-० को जित दर्ता गरेको हो।

बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो।

उनले १५ औं मिनेटमा गोलको खाता खोलेका थिए।

जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ। एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ।

रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ।
 

आइतबार, असार २८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!