६ वर्षीय बालकको बहादुरीको कथा, बक्सिङ महासंघबाट मानार्थ च्याम्पियनको उपाधि

अमेरिकाको ब्योमिङ राज्यको ६ वर्षीय एक बालकलाई ब्रिजर वोकरलाई विश्व बक्सिङ महासंघले मानार्थ ‘विश्व च्याम्पियन’ को उपाधि दिएको छ। 

वोकरले कुकुरको आक्रमणबाट आफ्नो बहिनीलाई जोगाएका थिए। यो घटनामा वोकरको अनुहारमा ९० वटा टाँका लगाइएको थियो। 

आफ्नो बहिनीलाई कुकुरबाट जोगाउन अनुहारमा ९० टाँका लगाएका यिनै बालक अहिले सोशल मिडियामा चर्चित बन्न पुगेका छन्। 

विश्व बक्सिङ महासंघले ट्वीट गर्दै वोकरको बहादुरीलाई नमन भनेका छन्। महासंघले आफ्नो बयानमा भनेको छ, ‘मात्र ६ वर्षका ब्रिजर बोकर, जसले मानवताको उच्च मूल्य प्रदर्शीत गरे, उनलाई मानार्थ विश्व च्याम्पिन घोषणा गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।’

यो घटना ९ जुलाईको हो। यस दिन जर्मन शेफर्डले वोकरको ४ वर्षीय बहिनीमाथि आक्रमण गरेको थियो। 

तर, वोकरले आफ्नो ज्यानको बाजी लगाएर कुकुरसँग लडाई गरेका थिए। यसै क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको थियो। 

कुकुरले उनको अनुहारभरि टोकेको थियो। दुई घण्टा लामो सर्जरीपछि वोकर बाँचेर फर्किएका थिए।

प्रकाशित मिति: : 2020-07-17 18:54:38

प्रतिकृया दिनुहोस्