
एजेन्सी
कोरोना भाइरसका कारण विश्व खेलकुद विस्तारै आफ्नो लयमा फर्किने प्रयास गरिरहेको छ। यस्तै मौकामा जर्मनीको बर्लिन विमानस्थलमा भर्खरै टेनिस प्रतियोगिताको आयोजना भयो।
बर्लिनमा केही समयअघि प्रदर्शनीको रूपमा भएपनि टेनिस प्रतियोगिता आयोजना भएको थियो। जुन बर्षाका कारण फाइनल खेल हुन सकेन।
तर, आयोजकहरूले यसको पनि नयाँ उपाय निकाले। उनीहरूले बर्लिनको तेंपलहोफ विमानस्थलमा प्रतियोगिताको फाइनल गराएका थिए।
फाइनलमा युक्रेनकी एलिना स्वेतोलिना र पेत्रा क्वेतोवा भिडेका थिए। ग्रास कोर्टको यो प्रतियोगिताको फाइनल विमानस्थलको हेङ्र–६ मा भएको थियो। जसमा दुई पल्टकी विम्बल्डन विजेता क्वेतोवालाई ३–६, ६–१ र १०–५ ले हराउँदै स्वेतोलिनाले उपाधि जितिन्।
पहिलो लेगको पुरुष एकलतर्फको फाइनल अस्ट्रियाका डोमिनिक थिएमले जितेका थिए। दोस्रो लेग शनिबारबाट सुरु हुनेछ। दोस्रो लेगमा स्वेतोलिना र क्वेतोवाबाहेक पेट्कोविच, सेवात्सोवा वेकिच र बेर्टेन्स पनि कोर्टमा उत्रिने छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया