मङ्गलबार, १९ अगस्ट २०२५

ललितपुर र भक्तपुरमा बाढीको जोखिम

News Image
• • •

पछिल्लो दुई दिनदेखि परेको अविरल वर्षासँगै उपत्यकामा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज बिहान विभागले मापन गरेको रेकर्ड अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं क्षेत्रमा ६६.५ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै पोखरामा ११८.७ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै धनकुटामा ७८.३ मिलिमिटर वर्षा भएको छ। 

नेपाल बाढी सूचनाका अनुसार बागमती र यसका सहायक नदीमा बहाव बढेको छ। 

मनोहरा, हनुमन्ते, नख्खु लगायत ललितपुर र भक्तपुर भई बहने प्राय सबै नदीमा बाढीको जोखिम रहेको, नदी तथा नालाको पानी किनारको सडक र बस्तीसम्म आउने भएकोले बेलुकासम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

त्यस्तै अविरल वर्षात्का कारण नारायणी र सहायक नदीमा पनि बहाव बढेको छ। नवलपरासीको सुस्तामा डुबानको जोखिम रहेको एवं कोशी नदीमा पानीको बहाव बढेकोले सप्तकोशी आसपास सावधानी अपनाउन भनिएको छ।

कन्काई, कमला, तिनाउ र पूर्वी राप्ती नदी किनारका वासिन्दालाई पनि सचेत गराइएको छ। 

मंगलबार, श्रावण ०६, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)