बुधबार, २७ अगस्ट २०२५

कोभिड-१९ बाट नेपालमा पहिलोपटक चिनीया नागरिकको मृत्यु

News Image
• • •

कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक एक विदेशीको मृत्यु भएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक ५७ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो। 

त्रिविका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दासले ग्राण्डी हस्पिटलबाट रिफर भएकी चिनियाँ नागरिकको आज बिहान मृत्यु भएको बताए। 

पोखरामा रहेका ती महिला स्वासप्रश्वासमा समस्या आएपछि पोखराबाट काठमाडौं रिफर गरिएको थियो। ग्राण्डीमा कोभिड-१९ पुष्टि भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। 

‘उपचारको क्रममा आज बिहान मृत्यु भयो। अब चिनियाँ दूतावासको समन्वयमा शवको व्यवस्थापन गर्ने काम भइरहेको छ’, डा. दासले भने।

बुधबार, श्रावण ०७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)