आइतबार, १७ अगस्ट २०२५

श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा पक्राउ

News Image
• • •

आफ्नै २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने २९ वर्षीय दिपेन सदालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सदाले आफ्नै श्रीमतीलाई आगो लगाई घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लक्ष्मीपुर र ईलाका प्रहरी कार्यालय भेडियाबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घाइतेलाई सप्तऋषि अस्पताल लाहान हुँदै थप उपचारको लागि धरान घोपातर्फ लगिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बिहिबार, श्रावण ०८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)