बुधबार, २० अगस्ट २०२५

भारतमा एकैदिनमा ४९ हजार संक्रमित

News Image
• • •

भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४८ हजार संक्रमित फेला परेका छन्। 

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना संक्रमित थपिएका हुन् । 

याेसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ ।

ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भनेआठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।  त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार संक्रमित भएका छन् ।

त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना संक्रमित भएका छन् ।  

शनिबार, श्रावण १०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)