भारतलाई चीनको प्रश्न– ३ सय वर्षको दासत्व स्वीकार गर्ने कि, एसियालाई समुन्नत बनाउने? (भिडियाे)

अमेरिका र युरोप लगायतका देशहरू एसिया २१ औं सताब्दीको बलियो महादेश बनोस् भन्ने चाहँदैनन्। त्यसैले उनीहरूले यसका लागि भारतलाई आफ्नो ‘ट्रयाप’ मा पारिरहेका छन्। करिब ३ सय वर्ष बेलायतको उपनिवेश बनेको भारतका लागि अहिले चीनसँग मिलेर एसियालाई माथि उठाउने, आफ्नो जनताको आर्थिक स्थिति मजबुत बनाउने अवसर छ। यसलाई भारतीय नेतृत्वले बेलैमा बुझ्ला कि, ३ सय वर्ष बेलायतको दास मानसिकतामा बसेको त्यही दासत्वलाई स्विकार गर्ला? यो भविष्यले देखाउने कुरा हो।  

 चिनियाँ चासो–२ 

दुई वर्षअघि चीनको उहान शहरस्थित याङ्सी नदी छेऊमा बसेर चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिया पिएका थिए। त्यो चिया पिउन के उनीहरूलाई याङ्सी नदी छेऊ नै बस्नु पर्ने आवश्यकता थियो? धेरैलाई लाग्दो हो, थिएन। तर, यसको पनि कारण छ।

चिनियाँ सभ्यता, अर्थतन्त्र तथा इतिहाससँग याङ्सीको पुरानो नाता छ। विश्वको तेस्रो ठूलो नदी मानिने याङ्सी नदीले चीनको २० प्रतिशत जीडीपी धानेको छ। र, यसलाई चिनियाँ अर्थतन्त्रको घोतक मान्ने गरिन्छ।  

यही नदीको छेऊमा बसेर चिनियाँ राष्ट्रपतिले भारतीय समकक्षीलाई यो बुझाउन खोजेका थिए– अबको सताब्दी एसियाको हो। एसियाका यति धेरै मानिसहरू युरोप र अमेरिका प्रवेश गरेर उनीहरूको विकाशमा ठूलो टेवा दिए। तर, अब हामी मिलेर एसियालाई उठाउनु पर्छ। पश्चिमा शक्तिभन्दा एसियालाई बलियो बनाउनु पर्छ। यहाँका मानिस गएर उनीहरूलाई धनि बनाए। हामी गरिबका गरिब छौं। बत्ति मुनिको अध्यारो जस्तो।

 
चिनियाँ समकक्षीको यो कुराबाट भारतीय प्रधानमन्त्री मोदी पनि सहमत थिए। त्यसैले उनले एसियालाई उचाईमा उठाउने अभियानमा आफ्नो पनि भूमिका रहने जनाऊ दिन चिनियाँ राष्ट्रपति सीलाई भारतको निम्तो दिए। गत वर्ष नेपाल आउनुअघि सी भारतीय प्रधानमन्त्रीको अनौपचारिक निम्तो मान्न भारत पुगे। चिनियाँ राष्ट्रपति हत्तपत्त अनौपचारिक कार्यक्रममा अर्का देशको भ्रमण गर्दैनन्। तर, यो चिनियाँ कुटनीतिमा धेरै कम अवसर हो, राष्ट्रपति अनौपचारिक भ्रमणमा निस्किएको। 

चीन र भारतबीच बढ्दो सम्बन्धका कारण नेपाल पनि यो क्षेत्रमा शान्ति र आर्थिक गतिविधि तीब्र हुने कुरामा विश्वस्त थियो। तर, चिनियाँ समकक्षीको भनाईलाई सहमति जनाउँदा जनाउँदै भारत एक्कासी पश्चिमा देशको गोटी बन्न पुगेपछि अहिले नेपालमा मात्र होइन, पुरै एसियामा युद्वको बादल मडारिएको छ। 

चीन र भारत मिलेर गएको भए यसको ठूलो फाइदा नेपालले लिन सक्थ्यो। चीनको तुलनामा भारतको विकाश दर कमजोर होला तर भारत पनि उद्यमान अर्थतन्त्र भएको देश हो। यी दुई देशबीचमा हामी बसेका छौं। युरोपको अर्थतन्त्र खस्किँदै गएको बेला एसिया माथि उठ्ने सम्भावना बलियो छ। यस्तो अवस्थामा एसियाको विकासबाट हामी पनि अछुत रहन सक्दैनौं। यसको केही न केही लाभ हामीलाई पनि हुन्थ्यो। 

तर, यो कुरालाई भारतले राम्रोसँग मनन गर्न सकेको छ, जस्तो लाग्दैन। अहिले चीन र भारतबीच गत वर्ष झैं सुमधुर सम्बन्ध छैन। यसको सोझो असर नेपालमा देखिएको छ। भारतले नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा हत्याउने प्रयास गर्नुको कारण चीनसँगको सम्भावित युद्वलाई लिएर नै हो। तर, मलाई लाग्दैन, चीन र भारतबीच घमासान युद्व नै हुन्छ। हुन दिनुपनि हुँदैन। बरु यसका लागि नेपालले राम्रो मध्यस्थता गर्न सक्छ। 

एसिया महादेशलाई उचाईमा पु¥याउन चीन, भारत, जापान र दक्षिण कोरियाले मिलेर काम गर्नुपर्ने हो। तर, सबै अलग छन्। यति बेला चीनसँगको सम्भावित झगडालाई लिएर हतियार किन्ने होडबाजी पनि चलेको छ। कसैले अमेरिकाबाट हतियार किनिरहेका छन्, कोही अमेरिकाबाट। यो ठूलो कुरा होइन, हामीले पनि किनेर राख्दा हुन्छ। तर, सरकार नै घाटामा गएको बेला र देश चलाउन धौ–धौ परिरहेको बेला नेपाली सेनालाई के दिन सक्छ? हतियार किन्ने कुरालाई ठूलो रूपमा लिनु हुँदैन। हामी पहिलेदेखि शान्ति क्षेत्र हौं। हामीले पहिलो र दोस्रो विश्व युद्वमा बेलायतको समर्थन गर्‍यो। लड्न गयौं। अबको युद्व भनेको व्यापारका लागि युद्व हो। त्यसैले मलाई लाग्दैन ठूलै युद्व हुन्छ। 

अमेरिका र युरोप लगायतका देशहरू एसिया २१ औं सताब्दीको बलियो महादेश बनोस् भन्ने चाहँदैनन्। त्यसैले उनीहरूले यसका लागि भारतलाई आफ्नो ‘ट्रयाप’ मा पारिरहेका छन्। करिब ३ सय वर्ष बेलायतको उपनिवेश बनेको भारतका लागि अहिले चीनसँग मिलेर एसियालाई माथि उठाउने, आफ्नो जनताको आर्थिक स्थिति मजबुत बनाउने अवसर छ। यसलाई भारतीय नेतृत्वले बेलैमा बुझ्ला कि, ३ सय वर्ष बेलायतको दास मानसिकतामा बसेको त्यही दासत्वलाई स्विकार गर्ला? यो भविष्यले देखाउने कुरा हो।  

चिनियाँ चासो श्रृंखला

 चिनियाँ चासो–१   के चाहन्छ चीन नेपालसँग?
प्रकाशित मिति: Jul 27, 2020 22:42:38

प्रतिक्रिया दिनुहोस