ओम आचार्य
भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि नेपालकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले निर्धारित मितिमा आम जनतामा निर्वाचन हुन्छ कि हुदैन भन्ने उठेको संशयलाई विस्वासमा बदलेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरिन्।
फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा झण्डै दुई तिहाइ मत १८२ सिट ल्याएर रास्वपाले नेपालकै इतिहासमा इतिहास बनाउदै काठमाण्डौंका पूर्वमेयर वर्तमानमा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्तुत गर्यो।
चैत्र १३ रामनवमी अभिजित मुहर्तमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका प्रधानमन्त्री वालेन्द्र शाहप्रति नेपाली जनताले काठमाडौंका मेयर हुदैदेखि ‘केही गर्न सक्ने सक्षम व्यक्ति’मा राखेका थिए। उनको ड्रेसअप र उनको हिडाइले सम्मोहित गरेको थियो। उनको जीवनशैली योभन्दा पूर्वका प्रधानमन्त्रीको भन्दा अलग थियो।
बालेनको काम गर्ने तौर तरिका
उनको द्रूत हिँडाइ जस्तै काम गर्ने शैली पनि त्यतिकै द्रूत देखिदैछ। उनले प्रधानमन्त्री भएपछि १०० कार्यसूचि ल्याउदै टाइम लाईन सेवा जारी गरे। उनी जति छिटो छिटो हिँडछन त्यति छिटो छिटो काम गर्दैछन्। यही क्रममा कार्की आयोगको प्रतिवेदन लागु गर्दै तत्कालिन प्रधानमन्त्री केपी ओली र रमेश लेखक पक्राउ पनि भए। यो कारबाही पनि अत्यन्त शिघ्रता पूर्वक गरे। जति शिघ्र पक्राउ भए त्यतिनै शिघ्र सडकमा विरोध पनि हुदैछ। केही कानुनविद र राजनीतिक दलहरूले यो शिघ्रतामा विधि प्रकृया नपुगेको ठहर गर्दै विज्ञप्तिसमेत निकालेर सरकारको विरोधसमेत गरेका छन्।
काठमाडौंका मेयर हुँदा वान मेन डिसिजिनको अभ्यास शैली अपनाएका प्रधानमन्त्रीले सरकार बन्नु पूर्व आफ्नो पार्टी सभापतिलाई तपाईं पार्टी चलाउनुस् म सरकार चलाउछु भन्नु यही वान मेन डिसिजनकै परिकल्पना हुन सक्छ।
बालेन सरकारलाई केही गरेर देखाउने दृण इच्छा छ। उच्च मनोवलका साथ प्रस्तुत भइरहेका छन्।
प्रतिपक्षको भुमिका अत्यन्त कमजोर रहेको वर्तमान संसदमा उनको त्यो दृढ इच्छा र उच्च मनोवलले उनलाई अधिनायकवाद तानाशाही नबनाओस्। संसदमा प्रतिपक्ष कमजोर भएपनि अन्यदलहरूको उपस्थिति न्युन रहे पनि उनले लोकतन्त्रमा संसदको गरिमा र महत्व प्रतिपक्ष र सरकार दुवैको उत्तिकै उत्तरदायित्व रहन्छ भन्ने सोच्नुपर्छ।
प्रधानमन्त्री बालेनलाई काम गर्न कति सहज?
झण्डै दुइ तिहाईको सरकारलाई काम गर्न अत्यन्तै सहज र सुविधायुक्त छ कहीँकतैबाट तत्काललाई विघ्नवाधा पर्ने देखिदैन। अन्य राजनीतिक दलहरूसँग पनि सौहार्द र अनुकुल वातावरण बनाउन सक्नु पनि उनको क्षमता र सिप भित्र पर्छ। अहिले नेकपा एमालेले प्रतिशोधको राजनीति भयो भन्दै सडकमा नारा र जुलुस लिएर सरकारको विरोध गरिरहेको छ। भोलिका दिनमा अन्य दलहरू पनि क्रमश: सडकमा आउने वातवरण नबनाउन सक्नु नै नेतृत्वको कुशलतामा निर्भर गर्छ कथंकदाचित अहिले भएको सडक आन्दोलनमा क्रमशः अन्यदलहरू पनि आउने वातावरण बन्यो भने सिंगै राष्ट्र आमुल जनता नै प्रतिपक्षमा रहन सक्छन् त्यतिखेरको जनबल आंकलन गर्दै वालेन सरकार सुझबझले अगाडि बढ्नु उनको सफलता देखिन्छ।
जनवल, जनआधार यौटै पार्टी, यौटै सरकारसंग सधै स्थिर हुदैन। विगतका इतिहासले यस्तै विश्वभरी देखाएको छ नेपालमा पनि परिवर्तनशिल छ। त्यही परिवर्तनले अहिले जनवल र जनआधार प्राप्त गरेर रास्वपा अग्रणी हुदै सरकार निर्माण गर्न पुगेको छ।
जनआधार जनबल कोसंग कति खेर हुन्छ त्यसको मापदण्ड सरकारको काम गर्ने तौर तरिका र जनताको सरोकारका विषय र सरकारप्रति विश्वसनीयता रहुन्जेलसम्म हो। त्यो विषयमा उच्च सतर्कता र चनाखो रहन सरकार र दल दुवैले अनिवार्य हुनु पर्ने देखिन्छ।
प्रधानमन्त्री बालेनलाई भय आफ्नै दलप्रति छ?
नेपालमा जति पनि दलहरूले आफ्नो नेतृत्वमा सरकार निर्माण गरे ती दलको सरकार आफ्नै दलको कारणबाट भंग भएका छन्। अझ तत्कालिन समयमा आफैं पार्टी सभापति रहेका व्यक्ति प्रधानमन्त्री हुँदा त सरकार भंग रहेको अवस्था छ। त्यो पार्टीको आन्तरिक भागबण्डा र स्वार्थ बाँझिदा यस्तो दुर्घटना हुने गरेको देखिएको छ।
अहिले रास्वपा पार्टी सभापति र प्रधानमन्त्री यौटै पार्टीका रहेता पनि अलग अलग पात्र भूमिकामा छन। यो राम्रो अभ्यास पनि हो। र पनि अहिले रास्वपा पार्टी सभापति रहेका रवि लामिछाने पूर्व गृहमन्त्री समेत रहिसकेका हुन्। उनलाई अहिलेको सरकारमा सम्मिलित मन्त्रीहरूको भन्दा अपेक्षाकृत बढी अनुभव र अन्य दलहरूको र प्रतिपक्षीहरूको सरकार विफल गराउन कुन हदसम्म रणनीति अख्तियारी गर्छन त्यो राम्ररी बुझ्न सक्छन्। यस कुरामा विचार पुर्याउन रविलाई जरुरी छ।
अहिले रविमाथि अदालतमा मुद्धा विचाराधीन छ र यही कारण रविको तेज केही कम भएको पनि हुन सक्छ। यही कारणबाट बालेन सरकारलाई अहिले सहज भएको पनि होला। जुन दिन अदालतबाट क्लीन चिट पाउछन् त्यही दिनदेखि रविको महत्वकाक्षा मध्यान्हको रवि जस्तै भएर आउन पनि सक्छ। त्यतिखेर बालेन सरकारले कही कतै छायाँमा रहन ठाउँ खोज्न जान सक्छन्? त्यस्तो अवस्था सिर्जना नहोस्।
सरकारको नेतृत्व लिएका प्रधानमन्त्री बालेनले भविश्य आंकलन गर्दै पार्टी सभापति रवि लामिछानेलाई तपाईं पार्टी चलाउनुस् म सरकार चलाउछु भनेका हुन की?
अन्तमा,
जनताको अत्यधिक विस्वास र भरोसा रास्वपा भन्दा पनि बालेन प्रति देखिएको छ। उनि प्रति आस्था र निष्ठा बोकेका जनतालाई निराश नगरुन्, जनतामा उनीप्रति संशय पैदा हुने काम प्रधानमन्त्रीबाट नहोस् मेरो शुभकामना!
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया