गण्डक अस्पतालमा ३५ वर्षीय पुरुषको मृत्यु, स्वाब परीक्षणको लागि नारायणी पठाइयाे 

वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा एक ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका १६ नगवाका मुन्नाकुमार कानुको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको डा. निरजकुमार सिहले जानकारी दिए।

उनका अनुसार मृतक हिजोमात्रै अस्पताल भर्ना भएका थिए।

‘ज्वरो आएपछि सामान्य क्निकमा उपचार गराउनु भएको रहेछ। त्यहाँबाट उहाँलाई तराई अस्पताल पठाउनु भएको रहेछ,’ उनले भने, ‘ त्यहाँबाट रेफर गरिएर यहाँ ल्याइएको हो।’

मृतकमा निमाेनिया, ज्वरो र स्वासप्रश्वासको समस्या रहेको कारण आइसोलेसनमा राखिएको थियो। 

मृतकको स्वाब पीसीआर परीक्षणको लागि नारायणी अस्पताल पठाइएको डा. सिहले जानकारी दिए। 

प्रकाशित मिति: : 2020-07-30 22:16:45

प्रतिकृया दिनुहोस्