आमा!
मलाई न्याय चाहिन्छ!!
मेरो के कसुर थियो र
मलाई यसरी मारे?
मलाई न्याय चाहिन्छ आमा!
म स्कुलबाट
घर फर्किँदै थिएँ
पानी परिरहेको थियोे
सुनसान बाटोमा
एक्ली देखेर
जबरजस्ती गाडीमा चढाएर लगे आमा!
मेरो कपाल समातेर घिसार्दै
जङ्गलतिर लगे आमा!
मलाई न्याय चाहिन्छ आमा!
मेरो मुख थुने मेरा हात बाँधे
मेरा कपडा च्यातिदिए आमा! म रोएँ कराएँ कसैले सुनेनन्
गिद्धले मासु लुछेझैँ मलाई लुछे चिथोरे आमा!
मेरो शरीरबाट रगतको खोला बग्यो
मलाई न्याय चाहिन्छ आमा!
मानवको रूपमा दानव रहेछ
म जीवित नै थिएँ
तर पनि मलाई
घाँटीमा पाशो लगाएर मारिदिए
आमा! मलाई न्याय चाहिन्छ...
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया