आमा!
मलाई न्याय चाहिन्छ!!
मेरो के कसुर थियो र
मलाई यसरी मारे?
मलाई न्याय चाहिन्छ आमा!
म स्कुलबाट
घर फर्किँदै थिएँ
पानी परिरहेको थियोे
सुनसान बाटोमा
एक्ली देखेर
जबरजस्ती गाडीमा चढाएर लगे आमा!
मेरो कपाल समातेर घिसार्दै
जङ्गलतिर लगे आमा!
मलाई न्याय चाहिन्छ आमा!
मेरो मुख थुने मेरा हात बाँधे
मेरा कपडा च्यातिदिए आमा! म रोएँ कराएँ कसैले सुनेनन्
गिद्धले मासु लुछेझैँ मलाई लुछे चिथोरे आमा!
मेरो शरीरबाट रगतको खोला बग्यो
मलाई न्याय चाहिन्छ आमा!
मानवको रूपमा दानव रहेछ
म जीवित नै थिएँ
तर पनि मलाई
घाँटीमा पाशो लगाएर मारिदिए
आमा! मलाई न्याय चाहिन्छ...
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया