विष्णु पन्थी
(१)
नचाहँदा नचाहँदै पनि भेट हुँदो रैछ
जिन्दगीको गोरेटोमा आफै सेट हुँदो रैछ
किन लिनुपर्यो चिन्ता लेखान्तको भर परेसि
उहींबाटनै खटिएको वेटिंग डेट हुँदो रैछ ।
(२)
आँटेका त थिए उनले ऊँचो पहाड चढ्छु भन्ने
कसम पनि खाएका थे जिन्दगीसंग लड्छु भन्ने
तर उनी पूर्व हुँदा भाग्य लाग्यो पश्चिम तिर
धोको बग्यो खोलैखोला रह्यो तिर्खा पढ्छु भन्ने ।
(३)
एकान्तमा लाग्नेरैछ कहालीलाग्दो एक्लोपन
जस्तै डढेलोले सबै खाइसकेको रित्तो वन
तब भन्नेगर्छन् कोही रोज्न एउटा जीवनसाथी
जसले दिनसक्ला मायालुलाई आफ्नो चोखो मन ।
(४)
नौका बन्छ हेर साथी ठूलै काठ खोपेर
फलको आशा गरे हुन्छ पहिला बीजा रोपेर
बुझीराख्न पर्छ हेर कहिले कहाँ के गर्ने
सबै काम गर्नपर्छ मौकालाई छोपेर ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया