आइतबार, १७ अगस्ट २०२५

गण्डकी प्रदेशमा कोरोना संक्रमित १५ सय नाघे

News Image
फाइल तस्वीर
• • •

गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १५०५ पुगेको हो।

क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका एकजनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमा स्याङजाको वालिङका ५ जना पुरुष  र पुतली बजारका २ महिला र एक पुरुष गरी ३ जना रहेका  छन्। 

यस्तै, कास्कीको रुपा गाउँपालिकाका २ महिलासहित ५ जना र पोखरा महानगरपालिकाका एकजना पुरुष रहेका छन्।

लमजुङका संक्रमित २ जना सुन्दर बजार र एकजना दोर्दीका हुन्। तनहुँको म्याग्दे र आबुखैरेनीका एक/एकजना पुरुष रहेका छन् भने बागलुङ नगरपालिकाका एक पुरुष रहेका छन्।

गण्डकीमा हालसम्म १२४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन्।

आइतबार, श्रावण १८, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)