प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीले अलपत्र पारे फोरजी विस्तारको काम

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार तथा सिसिएसआई–हङकङका नेपालस्थित ‘एजेन्ट’ अस्गर अलीले नेपाल टेलिकमको फोरजी सेवा विस्तारको काम अलपत्र पारेका छन्।

२०७६ माघ मसान्तसम्म फोरजी विस्तारको काम सक्ने गरी दुईपक्षीय सम्झौता भएपनि अहिलेसम्म ६५ प्रतिशत पनि काम पूरा भएको छैन। ‘काम नहुनुको प्रमुख कारण नै प्रधानमन्त्री ओलीका सल्लाहकार अस्गर हुन्,’ टेलिकमका एक उच्च कर्मचारीले नेपाल लाइभसँग भने, ‘काम अलपत्र भएपछि अहिले टेलिकमको सबैतिर आलोचना भइरहेको छ।’

२०७५ पुस १० मा रेडियो एक्सेस नेटवर्क (र्‍याम)को काम हङकङस्थित सिसिएसआई कम्पनी र कोर नेटवर्कको काम चिनियाँ कम्पनी जेडटिईलाई दिइएको थियो। फोरजी विस्तारका लागि तय भएको करिब १९ अर्बको ठेक्कामध्ये अस्गर एजेन्ट रहेको कम्पनीले झन्डै १७ अर्ब बराबरको काम हात पारेको थियो भने जेडटिईले झन्डै दुई अर्ब बराबरको। जेडटिईले हात पारेको कोर नेटवर्कतर्फको काम भने ९० प्रतिशत सम्पन्न भएको छ। तर, अस्गर अली प्रत्यक्ष संग्लन रहेको सिसिएसआईले भने ६५ प्रतिशत पनि काम पनि सम्पन्न गरेको छैन।

प्रकाशित मिति: : 2020-08-03 18:21:48

प्रतिकृया दिनुहोस्