नवराज पराजुली
यो लेखको पहिलो भागः मर्नुअघि
टर्कीको त्यो इस्तानबुल एयरपोर्टभित्र मैले हात्ती नदेखेको भए मलाई यिनै दुई सर्पले डसेर मार्थे-
सर्प १- म भिसाको म्याद सकिएको पासपोर्ट बोकेर हिँडेको थाहा पाए भने यो एयरपोर्टभित्र हिँडिरहेका पुलिसले मलाई कहाँ लगेर कोच्दा हुन्?
सर्प २- मसँग भएको बीस युरोले यो टर्मिनलभित्र म कति दिन बाँच्न सक्छु?
तर बीस युरोको छेउमा अर्को एउटा लामो नोट देखेँ। नेपालको सबैभन्दा लामो नोट। नोटमा बर्दिया या चितवन राष्ट्रिय निकुञ्जको एउटा शानदार हात्ती थियो। निक्कै लामो सुँडसहितको। मलाई थाहा थियो, त्यो नोट त्यहाँ चल्दैन तर अर्काको देशको एयरपोर्टमा आफ्नो देशको हात्ती देखेर मेरो दिमाग ठीक दिशामा चल्न थाल्यो। मुटु ठीक गतिमा चल्न थाल्यो।
बिहे गरेर टाढा गएकी छोरीले आफ्नो पतिको घरमा आफ्नो माइतीगाउँको कुकुर देख्दा जति खुसी हुन्छे, म परदेशमा आफ्नो देशको हात्ती देखेर त्यति नै खुसी भएँ।
हात्तीले आफ्नो नरम सुँडले मेरो चिउँडो उठाउँदै भन्यो, 'धत् मुला! म अलपत्र परेँ भन्दै यहाँ किन डराएर बसेको? उठ्। तँ र म मिलेर खोजौं। यत्रो एयरपोर्टमा अर्को एउटा नेपाली कसो नभेटिएला? हामीलाई दुःख सुनेर बुझिदिने जम्मा एउटा नेपाली चाहिएको होइन?
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया