तेजन खड्का
‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा साहित्यकार खगिन्द्रा खुसीलाई प्रदान गर्ने निर्णय गरेको छ। खुसीको चर्चित उपन्यास ‘खुशीको गाउँ’का लागि उक्त पुरस्कार अर्पण गर्न लागिएको हो।
सोसाइटीका अनुसार विभिन्न राष्ट्रिय पत्रपत्रिकामा आएका समालोचनाहरू, पुस्तकले उठाएका सामाजिक र सांस्कृतिक मुद्दाहरू, आख्यानको बनोट र भाषागत विशिष्टता आदि आधारहरूमाथि विज्ञले गरेको विस्तृत मूल्याङ्कनपछि ‘खुशीको गाउँ’लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरिएको हो।
कृतिले वर्तमान नेपाली समाजको प्रेम,जीवन र आर्थिक सामाजिक यथार्थलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको र धेरै समालोचकहरुबाट समालोचना हुनुका साथै बिभिन्न कोणबाट प्रशंसा पाएको उपन्यास ‘खुशीको गाउँ’ पुरस्कारका लागि योग्य ठहर गरिएको सोसाइटीले जनाएको छ।
यो सम्मान तथा पुरस्कार आउँदो २०८३ वैशाखमा राजधानीमा एक विशेष समारोह आयोजना गरी प्रदान गरिने जनाइएको छ। २० हजार नगद राशि र सम्मानपत्रद्वारा पुरस्कृत र सम्मानित गरिने उक्त कार्यक्रममा देशका प्रतिष्ठित साहित्यकार, समालोचक र कलाकर्मीहरूको उपस्थिति रहने सोसाइटीका अध्यक्ष आरपी पौडेलले बताए।
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया