बिएल संवाददाता
संसद सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका लागि संसदीय कार्यालयहरूको टुङ्गो लगाएको छ। चैत १२ गते सांसदहरूले सपथ लिएसँगै उनिहरूका संसदीय दलले ती कार्यालयहरू प्रयोग गर्नेछन्।
सिंहदरबाभित्र रहेका संसदीय कार्यालय भवनहरूमध्ये कुन भवन कुन दललाई दिने भन्नेबारे सचिवालयले बिहीबार छलफल गरेको थियो। यसपालि छ दलले राष्ट्रिय मान्यता पाएका छन्। उनिहरूसँग स्वतन्त्र जितेका महावीर पुनले पनि कार्यालय पाउने भएका छन्।
छलफलमा भएको सहमतिअनुसार नेपाली काँग्रेस र नेकपा एमालेले आआफ्नो पुरानै संसदीय दलको कार्यालय प्रयोग गर्नेछन्। यसअघि माओवादीले प्रयोग गरेको कार्यालय भने रास्वपाले पाउने भएको छ। माओवादीसहितको नेकपा, श्रम संस्कृती र राप्रपाले भने नयाँ भवन पाउनेछन्।
स्वतन्त्र सांसद महावी पुनले नेपाल टेलिभिजनको अगाडी रहेको भवन प्रयोग गर्नेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया