
बिएल संवाददाता
कोरोना भाइरसबाट लडिरहेका कांग्रेसका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्वमुख्यमन्त्री शिवाजीराव पाटिल निलंगेकरको निधन भएको छ।
महाराष्ट्रको पूणेस्थित घरमा बुधबार उनको निधन भएको हो। उनी ८८ वर्षका थिए। दुई दिनअघि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट निकालिएको थियो।
१६ जुलाईमा भएको परीक्षणमा उनको कारोना रिपोर्ट पोजिटिभ आएको थियो। उपचारका लागि उनलाई लातुर जिल्लाबाट करिब ३२० किलोमिटर टाढा पूणे अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य भएको रिपोर्ट सार्वजनिक भएपछि अस्पतालबाट निकालिएका पाटिलको निधनले सबैलाई चकित तुल्याएको छ।
उनी १९८५–८६ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनी शक्तिशाली सहकारी नेताको रूपमा परिचित थिए। उनको नाति संभाजी पाटिल बिजेपीको देवेन्द्र फडनवीस सरकारमा श्रम मन्त्री थिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया