एजेन्सी
वेष्ट इन्डिजका अलराउण्डर फेबियन एलन अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा अभागी क्रिकेटर बन्न पुगेका छन्।
कोरोना भाइरसको महामारीका कारण लामो समय स्थगित भएर पुनः सुचारु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नबाट उनी बञ्चित भएका छन्। र, यसको कारण हो, उनी आफैको मुर्खता।
गत अगस्ट ३ तारिखमा घरेलु विमान पकडेर उनलाई बार्बडोस पुग्नु थियो। र यहाँबाट चार्टर विमान पकडेर त्रिनिदाद एण्ड टोबेगो उत्रिनुपर्ने थियो। तर, उनी विमान उड्ने दिन ढिलो गरि विमानस्थल पुगे। उनी विमानस्थल पुग्दा विमान उडिसकेको थियो।
सीपीएलमा भाग लिन १६२ खेलाडी तथा पदाधिकारी त्रिनिदाद पुगिसकेका छन्। यहाँ सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। एलनका एजेन्टले विमानको विषयमा प्राप्त जानकारी स्पष्ट हुन नसक्दा छुटेको बताए।
‘हामीले त्रिनिदाद पुग्ने सबै विकल्प खोज्यौं। तर, कोरोनाका कारण सम्भव भएन,’ एजेन्टले इएसपीएन क्रिकइन्फोलाई बताएका छन्।
कोरोनाका कारण त्रिनिदादमा ‘लकडाउन’ लागु छ। यहाँ चार्टर्ड विमानबाट मात्र कोही आउन सक्छ। एलनले प्रतियोगितामा १४ दिनको क्वारेन्टाइन नियमका कारण अब लिगमा भाग लिन पाउने छैनन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया