चीनसँगको विवादका कारण आइपीएललाई विज्ञापनमा मात्र २२०० करोड घाटा

चीनसँगको सीमा विवादको सबैभन्दा ठूलो मार भारतीय क्रिकेटले उठाउनु परेको छ। युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को तेह्रो संस्करणमा भारतीय क्रिकेटलाई २२०० करोड रुपैयाँको घाटा लाग्ने भएको छ। 

आइपीएलका लागि चिनियाँ कम्पनीले मात्र २२०० करोड रुपैयाँको विज्ञापन उपलब्ध गराउँदै आएका थिए। यसमा आइपीएलको प्रमुख प्रायोजक भिभोको घाटा छुट्टै छ। गत वर्ष टिभी र डिजिटल प्लेटफर्ममा चिनियाँ कम्पनीले स्टार इन्डियालाई २२०० करोड रुपैयाँ उपलब्ध गराएका थिए।
 
भिभो र ओपोले गत वर्ष विज्ञापनमा २४० करोड रुपैयाँ खर्च गरेका थिए। हालै भएको एउटा अध्ययनमा गत वर्ष आइपीएलको शीर्ष १० स्थानमा सर्वाधिक मोटो विज्ञापन भिभो र ओपोले नै दिएका थिए। 

भिभोले प्रो कब्बडी लिगका लागि पनि प्रमुख प्रायोजकको रुपमा ३०० करोड रुपैयाँ दिँदै आएको थियो। यो अनुबन्ध २०१७ बाट सुरु भएर २०२१ मा सम्पन्न हुँदैथियो भिभोबाट भारतीय कब्बडीले हरेक बर्ष ६० करोड रुपैयाँ प्राप्त गर्ने गरेको थियो। 

आइपीएलको सबै टिम २० अगस्टमा युएई प्रस्थान गर्दैछ। तर, चेन्नई सुपर किङ्स भने २२ अगस्टमा जाँदैछ। केही फ्रेन्चाई टिमले आफ्नो खेलाडीको कोरोना टेस्ट गर्न सुरु गरेका छन्।

प्रकाशित मिति: : 2020-08-08 20:02:38

प्रतिकृया दिनुहोस्