बिहिबार, १८ जुन २०२६

कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क

News Image
• • •

प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भइसकेको खुलेको छ।

जेठ २९ मा उदयपुरको उदयपुर गढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाही पूर्वक ढङ्गले चलाएको घटनामा ट्राफिक प्रहरीले उनलाई कारबाही गरेको थियो। ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो।

जेठ २२ गते उदयपुरस्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल एक हातले चलाउँदै भ्लगिङ गरेका साम्पाङले हेल्मेटको फित्तासमेत नलगाइ लापरबाहीपूर्वक सवारी चलाएको भन्दै ट्राफिक प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले उनको नाममा चिट जारी गरेको हो।

हर्क साम्पाङले आफूलाई कारबाही नभएको र चिट काटिएको हर्क साम्पाङलाई आफूले नचिन्ने भन्दै मिडियामा प्रतिक्रिया दिएपछि छानबिन गर्दा हर्कको लाइसेन्स स्वतः खारेजीमा परेको खुलेको हो।

यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ गतेपछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको छ। हर्कले १० वर्षसम्म लाइसेन्स नवीकरण नगरिएको भेटिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एक अधिकृतले बताए।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ। सो दफा अनुसार लाइसेन्सको म्याद सकिएको ५ वर्षभित्र नवीकरण नगरे स्वतः रद्द हुने व्यवस्था छ।

लाइसेन्स रद्द भएपछि पुनः नवीकरण गर्न मिल्दैन। पुनः परीक्षा दिएर पास गर्नुपर्ने हुन्छ।

हर्कले तत्कालीन समयमा (ए) श्रेणीको लाइसेन्स जरिवानासहित नवीकरण गराएको र त्यसपछि भने नवीकरण गरेको नभेटिएको ट्राफिक प्रहरी उच्च स्रोतले बतायो। यसबाले प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको स्रोतको भनाइ छ।

यता ट्राफिक नियम उल्लंघन गरेपछी धरान पुगेका हर्कलाई पत्रकारहरूले सोधेका थिए। धरानमा युटुवर र सञ्चारकर्मीसँग कुरा गरेका साम्पाङले आफू नियम बनाउने मान्छेलाई कसैले कारबाही गर्न नमिल्ने दाबी गरेका थिए। ग्रिन टीमा उनलाई युट्युबरहरूले सोधेको प्रश्नमा भनेका थिए, ‘कारबाही कसले गर्ने? म आफै नियम बनाउने मान्छे। एक हातले त बाइक कुदाई हालिन्छ नि। नभए एक हातले चलाउन मिल्ने बनाइदिउँला नि।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!