बिएल संवाददाता
सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान)को संक्रमण पुष्टि भएको विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्।
बर्डफ्लु लागेको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराइ गुपचुप राखेको आरोपमा कोषको अध्यक्ष समेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ।
कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूको कारण पत्ता लगाउन प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा ३ सदस्यसीय छानबिन समिति बनाएको हो।
समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन्। समितिलाई छानबिन गरेर प्रतिवेदन पेस गर्न एक साताको समय दिइएको छ।
वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ। साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ।
पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लु पुष्टि भएको थियो। चिडियाखानामा करिब १० दिनअघिबाटै पन्छी र जनावर मरेका भएपनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन्।
चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको थियो।
रोग संक्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ।
पछिल्ला समयमा चिडियाखानामा भएका श्रृङ्खलाबद्ध घटना र बर्ड फ्लु जस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई रिपोर्टिङ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो।
चिडियाखाना सर्वसाधारणका लागि अनिश्चितकालका लागि बन्द गरिएको छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया