बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अभिभभावकबिहीन तीन जना बालबालिकाको संरक्षकत्व लिएकी छन् । घरायसी झगडामा आमाको मृत्यु र हत्या आरोपमा बाबु जेल परेपछि अभिभावकबिहीन बनेका काठमाडौंको दक्षिणकाली बस्दै आएका खोटाङका तीन बालबालिकालाई संरक्षण लिई शाक्यले एसओएस बालग्रामको जिम्मा लगाएकी हुन् ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा प्रधानमन्त्री निबास बालुवाटारमा अयोजित एक कार्यक्रमबीच शाक्यले आइतबार अपरान्ह तीन बालबालिकाको संरक्षकत्व लिएकी हुन् । आमाको हत्या आरोपमा बाबु कैदमा परेसँगै ती तीन बालिकाहरु अलपत्र परेका थिए ।
गत फागु पुर्णिमाको दिनमा खोटाङ जिल्ला स्थायी वसोवास भएर हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नवीन राईले उनकी श्रीमती पुष्पा राईको हत्या गरेपश्चात अलपत्र परेका ती बालिकाहरुको बारेमा प्रधानमन्त्री पत्नी राधिकालेसंचार माध्यममार्फत् जानकारी पाएकी थिइन् ।

शाक्यकै आग्रहमा अलपत्र बालिकाहरुको उद्दार राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास केन्द्र र मानवसेवा आश्रमले संस्थाहरुको सहयोगमा ती बालिकाहरुलाई उद्दार गरेको थियो ।
अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई, वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राईको भविस्य अन्धकार हुन नदिन ती बालिकाहरुको शिक्षा र वसोवासको व्यवस्थापनको जिम्मा लिई एसओएस बालग्रामलाई दिइएको र उनीहरु आत्मनिर्भर नभइन्जेलको सम्पूर्ण लागत र अभिभवकत्व आफूले बेहोर्ने शाक्यले बताइन् । उनीहरुलाई आइतवार नै एसओएस बालग्रममा रहने गरी पठाइएको छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया