बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अभिभभावकबिहीन तीन जना बालबालिकाको संरक्षकत्व लिएकी छन् । घरायसी झगडामा आमाको मृत्यु र हत्या आरोपमा बाबु जेल परेपछि अभिभावकबिहीन बनेका काठमाडौंको दक्षिणकाली बस्दै आएका खोटाङका तीन बालबालिकालाई संरक्षण लिई शाक्यले एसओएस बालग्रामको जिम्मा लगाएकी हुन् ।
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा प्रधानमन्त्री निबास बालुवाटारमा अयोजित एक कार्यक्रमबीच शाक्यले आइतबार अपरान्ह तीन बालबालिकाको संरक्षकत्व लिएकी हुन् । आमाको हत्या आरोपमा बाबु कैदमा परेसँगै ती तीन बालिकाहरु अलपत्र परेका थिए ।
गत फागु पुर्णिमाको दिनमा खोटाङ जिल्ला स्थायी वसोवास भएर हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नवीन राईले उनकी श्रीमती पुष्पा राईको हत्या गरेपश्चात अलपत्र परेका ती बालिकाहरुको बारेमा प्रधानमन्त्री पत्नी राधिकालेसंचार माध्यममार्फत् जानकारी पाएकी थिइन् ।

शाक्यकै आग्रहमा अलपत्र बालिकाहरुको उद्दार राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास केन्द्र र मानवसेवा आश्रमले संस्थाहरुको सहयोगमा ती बालिकाहरुलाई उद्दार गरेको थियो ।
अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई, वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राईको भविस्य अन्धकार हुन नदिन ती बालिकाहरुको शिक्षा र वसोवासको व्यवस्थापनको जिम्मा लिई एसओएस बालग्रामलाई दिइएको र उनीहरु आत्मनिर्भर नभइन्जेलको सम्पूर्ण लागत र अभिभवकत्व आफूले बेहोर्ने शाक्यले बताइन् । उनीहरुलाई आइतवार नै एसओएस बालग्रममा रहने गरी पठाइएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया