मन्त्रालयको ‘अलमल’ ले शैक्षिक सत्र नै भत्किने खतरा

विज्ञहरु भन्छन्– अनिर्णय र अनिश्चितताले विद्यार्थीमा मनोवैज्ञानिक असर पर्न थाल्यो

रातोपाटी

काठमाडौं

काठमाडौं । कोरोना माहामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरुमा कुनै शैक्षिक गतिविधि नगरी यो वर्षको चार महिना बितेको छ । एक शैक्षिक सत्र (एक वर्ष अर्थात् ३६५ दिन) मा १९० दिन पठनपाठन गर्नुपर्ने भए पनि नयाँ शैक्षिक सत्रको चार महिना पठनपाठन विना नै गुज्रिएको छ । वैशाख यता एक दिन पनि पठनपाठन भएको छैन । ३६५ दिनमा १२० दिन पठनपाठन विना नै गुज्रिएको छ भने दशैं–तिहार, छठजस्ता चाडपर्वका साथै कतिपय हिमाली जिल्लामा प्रतिकुल मौसमका कारण बाँकी अवधिमा पनि कम्तीमा पनि एक महिना पठन–पाठन प्रभावित हुने देखिन्छ । त्यस अतिरिक्त झण्डै एक महिना बराबर साप्ताहिक बिदा पर्दछ ।

कम्तीमा पनि भदौ १५ सम्म विद्यालय तथा क्याम्पसमा पठनपाठन सुरु नहुने निश्चित छ । पठनपाठन कहिलेबाट सूचारु हुने भन्ने अझै टुंगो नहुँदा १९० शैक्षिक दिन पु¥याउन नसकिने अवस्था छर्लङ्ग देखिन्छ । यसमा अभिभावक तथा विद्यार्थीहरु शैक्षिक भविष्यलाई लिएर चिन्तित भइरहेका छन् । यसबीचमा विभिन्न तहका परीक्षा हुन सकेका छैनन् भने भएका परीक्षाको नतिजासमेत सार्वजनिक हुन सकेको छैन । 
यस्तो अन्योल र अनिश्चितता बढ्दासमेत सरकारले यो समयमा विद्यार्थी तथा अभिभावकहरुलाई अल्मल्याउनेबाहेक केही गर्न नसकेको शिक्षाविद्हरुको गुनासो छ । 

प्रकाशित मिति: : 2020-08-12 23:26:59

प्रतिकृया दिनुहोस्